सहकारीपीडितको प्रदर्शन निरन्तर

मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । 

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Protests by cooperative victims continue

काठमाडौँ — सहकारी पीडितहरूले आफ्नो बचत फिर्ता पाउनुपर्ने भन्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।  मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । 

उनीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

Protests by cooperative victims continueआन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए । छोराछारी पढाउनका लागि राखेको रकम फिर्ता नपाएको उनको गुनासो छ । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाइ छ । सञ्चालक फरार भएपछि ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुनेमा ६३ दिन आन्दोलन गरेको बताए । 

Protests by cooperative victims continueप्रदर्शनमा सहभागीहरूले ;सहकारी पीडितलाई न्याय दे, बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ?; लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully