रोकिएन नेप्सेमा गिरावट, ४ अंकले घट्यो 

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, लगानी, होटेल तथा पर्यटन, जीवन बिमा, सामूहिक लगानी कोष, अन्य र व्यापारको परिसूचक घटे ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

NEPSE's decline continues, down 4 points

काठमाडौँ — सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । जसअनुसार आइतबार झन्डै साढे २६ अंकले घटेको नेप्से सोमबार ४.२८ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा ०.१६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ४५.२४ विन्दुमा ओर्लेर बन्द भएको छ । 

सोमबार कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्यो, १२६ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से करिब सवा ४ अंकले घटेको हो । 

सोमबार कुल ६० हजार ६ सय २० पटकको सेयर कारोबारमा १ करोड ८ लाख ६० हजार ८ सय २८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । आइतबार सेयर बजारमा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाा बराबरको सेयर कारोबार भएको थियो । 

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, लगानी, होटेल तथा पर्यटन, जीवन बिमा, सामूहिक लगानी कोष, अन्य र व्यापारको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक सामान्य बढेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully