बैंकहरूले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छः गभर्नर पौडेल

गभर्नर पौडेलले उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सीईओहरूले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्ने बताए ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Banks should review 'loan packages': Governor Poudel

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरूबाट बैंकहरूको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरूले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताएका हुन् । 

गभर्नर पौडेलले उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सीईओहरूले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्ने बताए । 

‘बैंकको फाइनान्सियल प्रोडक्सहरू मोनटिरी पोलिसीअनुसार नयाँ आइरहेको देखिँदैन । कतिपय फार्मरहरूदेखि टुरिजम सेक्टरको फार्मर, एन्ट्ररप्रेनरसहरूले पनि भनिरहेका छन् कि लोन प्रोडक्टहरू जुन रूपमा डिजाइन भइरहेको छ, त्यो डिजाइनहरू उहाँहरूको आवश्यकताअनुकूलको भएर आएको छैन ।’

गभर्नर पौडेलले यसविषयमा बैंकका सीईओहरूसँग आगामी हप्ता आफूले छलफलसमेत गर्न लागेको बताए । पौडेलले उक्त छलफलमा अहिले बैंकहरूको प्रोडक्टर कत्तिको प्रभावकारी छन् त्यसबारे समीक्षा हुने बताए । 

कान्तिपुर

Link copied successfully