पूर्वी नाकाबाट  १ अर्ब ३७ करोड रुपैयाँको चिया निर्यात

चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात

मंसिर १२, २०८२

रासस

Tea exports worth Rs 1.37 billion from eastern border

झापा — पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा  अवधिमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । 

गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो ।

रासस

Link copied successfully