नेप्से वृद्धिले पाँचौं कारोबार दिन पनि पायो निरन्तरता

यो साता सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १७ अर्ब ५२ करोड १४ लाख रुपैयाँले बढेको छ  ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

NEPSE's rise continues for the fifth trading day

What you should know

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १०.४३ अंकले बढेको छ । नेप्से वृद्धिले पाँचौ कारोबार दिन पनि निरन्तरता पाएको हो । शून्य दशमलव ३९ प्रतिशतले वृद्धि भएपछि २६ सय ७६ दशमलव ०३ विन्दुमा उक्लिएको छ । 

कुल १३१ कम्पनीको सेयर मूल्य बढ्यो, १२१ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ८६ हजार १ सय ७० पटकको सेयर किनबेचमा ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

बुधबारको तुलनामा बिहीबार कारोबार रकम पनि घटेको छ । बुधबार ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्सेका अनुसार १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर किनबेच भए ।

कुल १३ उपसमूहमध्ये फाइनान्स,  उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहबाहेक सबै बढ्यो । बढ्ने उपसमूहमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा, विकास बैंक, लगानी, सामूहिक लगानी कोष रह्यो । 

सागर डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । स्वास्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । 

हिम स्टार ऊर्जा कम्पनी र फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको सेयर मूल्य ७.७८ प्रतिशतले घट्यो । माहुली लघुवित्तको ४.१६, जोशी हाइड्रोपावरको ३.६१, नेपाल एसबीआई बैंक डिबेञ्चर (२०८३) को सेयर मूल्य ३.०२ प्रतिशतले घट्यो । 

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, ङादी ग्रुप पावर, हिमालयन रिइन्स्योरेन्स, सीइडीबी होल्डिङ्स  र युनाइटेड मोदी हाइड्रोपावर अघि रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४० करोड १७ लाख, ङादी ग्रुप पावरको १६ करोड ३६ लाख, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख, सीइडीबी होल्डिङ्सको १५ करोड ७८ लाख  र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १७ अर्ब ५२ करोड १४ लाख रुपैयाँले बढेको छ  । बुधबार ४४ खर्ब ७५ अर्ब ६० करोड १० लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४४ खर्ब ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँमा कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully