अर्थ मन्त्रालयका २० सवारी साधनको बिमा

अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० (बीस) वटा चारपाङ्ग्रे सवारी साधनहरुको नेपाल बिमाकम्पनीमार्फत पूर्ण बीमा गरिएको हो ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Insurance for 20 vehicles of the Ministry of Finance

काठमाडौँ — अर्थ मन्त्रालयले २० वटा चारपांग्रे सवारी साधनको बिमा गरेको छ ।

असोज ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले 'सरकारी सवारी साधन पूर्ण निर्जीवन बिमा गर्ने' निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० (बीस) वटा चारपाङ्ग्रे सवारी साधनहरुको नेपाल बिमाकम्पनीमार्फत पूर्ण बीमा गरेको हो ।

यसबाट आगामी दिनमा सरकारी सवारी साधनको आगलागी, दुर्घटना जस्ता कारणबाट क्षति हुन गएमा बिमा दाबीको रकमबाट सवारी साधन खरिद गर्न सकिने हुँदा सरकारी कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकताका क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थापन प्रभावकारी हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

कान्तिपुर

Link copied successfully