सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७ सयले बढेको छ ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

General increase in the price of gold and silver

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७ सयले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully