साख मूल्यांकनमा नेपालले पायो 'बीबी माइनस' रेटिङ

पछिल्ला महिनाहरूमा मुलुकमा राजनीतिक अस्थिरता, कर्जा विस्तार न्यून, ऋणयोग्य रकम बैंकमा थुप्रिएका बेला पनि गत वर्षकै बराबर रेटिङ पाउनुले लगानीकर्तामाझ नेपालको लगानी वातावरण अझै बिग्रिनसकेको पुष्टि हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Nepal gets 'BB minus' rating in credit assessment

काठमाडौँ — सार्वभौम साख मूल्यांकन(सोभरेन क्रेडिट रेटिङ) मा यस वर्ष पनि नेपालले ‘बीबी माइनस’ रेटिङ पाएको छ । यो गत वर्षकै बराबर हो । ७ मंसिर २०८१ मा पहिलो पटक ‘बीबी माइनस’ रेटिङ पाएको थियो । 

दोस्रो वर्ष पनि सोही बराबरको रेटिङ पाउनुले मुलुकमा लगानीको अवस्था गत वर्षकै बराबर छ भन्ने देखाएको छ । सार्वभौम साख मूल्यांकनका लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ ले नेपालको ‘रेटिङ’ गरिरहेको छ ।

यो कम्पनीलाई नेपाल सरकारले दुई वर्षसम्म मूल्यांकन र तेस्रो वर्षमा प्राविधिक सहयोगका लागि यसअघि नै छनोट गरिसकेको थियो । सोहीअन्तर्गत कम्पनीले दोस्रो वर्षको रेटिङ गरेको हो ।

पछिल्ला महिनाहरूमा मुलुकमा राजनीतिक अस्थिरता, कर्जा विस्तार न्यून, ऋणयोग्य रकम बैंकमा थुप्रिएका बेला पनि गत वर्षकै बराबर रेटिङ पाउनुले लगानीकर्तामाझ नेपालको लगानी वातावरण अझै बिग्रिनसकेको पुष्टि हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

कान्तिपुर

Link copied successfully