निगमका डाइभर्ट विमान अब भैरहवा पठाइने

निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि ‘अल्टरनेटिभ’ विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Corporation's diverted aircraft will now be sent to Bhairahawa

काठमाडौँ — नेपाल वायुसेवा निगमले अब आफ्ना जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) लाई ‘अल्टरनेटिभ’ विमानस्थलका रूपमा प्रयोग गर्ने भएको छ ।

हालसम्म डाइभर्सनका लागि भारतका विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकामा सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमका प्रवक्ता अनिल घिमिरेले जनाए ।

यसले डाइभर्सनमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ । निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि ‘अल्टरनेटिभ’ विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।

निगमको निर्णयले निकट भविष्यमा वैकल्पिक विमानस्थल विस्तारले आपत्कालीन अवतरण तथा हवाई सुरक्षामा थप सहजता र विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully