नयाँ लाइसेन्सका लागि बन्द प्रणाली शनिबारबाट चल्ने 

पावर सप्लाई नभएकाले समस्या भएको र शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिसकिएकाले शनिबार बिहानबाट सेवा सुरु हुने विभागका निर्देशक केशव खतिवडाले बताए ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Closed system for new licenses to operate from Saturday

काठमाडौँ — बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडिएल) सेवा शनिबार बिहानबाट संचालनमा आउने भएको छ । कात्तिक १६ बाट आंशिक रुपमा संचालनमा आएको यातायात व्यवस्था विभागको डेटा सेन्टरमा शुक्रबार समस्या आएपछि उक्त सेवा दिनभर बन्द रह्यो । 

त्यस्तै लाइसेन्सका लागि आवेदन दिन मिल्नेगरी विभागले तयार पारेको वेबसाइट पनि चलेको छैन । पावर सप्लाई नभएकाले समस्या भएको र शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिसकिएकाले शनिबार बिहानबाट सेवा सुरु हुने विभागका निर्देशक केशव खतिवडाले बताए । 

'अब लाइन जाँदा पनि प्रणाली (सिस्टम) बन्द हुँदैन,' उनले भने, 'जेनेरेटर त थियो, तर लामो समय लाइन जाँदा धान्न सक्ने अवस्था नभएर समस्या आएको हो ।' अब लाइन जाँदा ब्याट्री र जेनेरेटरले प्रणाली चल्ने उनले सुनाए ।

कान्तिपुर

Link copied successfully