बुधबार कारोबारमा आएकामध्ये ४९ कम्पनीको सेयर मूल्य बढ्यो, १५८ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २०.५६ अंकले घटेको छ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेमा मंगलबार ३.२१ अंकले बढेर २ हजार ५ सय ६५.१६ विन्दुमा बन्द भएको थियो । तर त्यो वृद्धि बुधबारसम्म पनि टिकेन ।
सो दिन कारोबारमा आएकामध्ये ४९ कम्पनीको सेयर मूल्य बढ्यो, १५८ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्सेमा दोहोरो अंकले गिरावट भएको हो ।
बुधबार कुल ६६ हजार ८ सय २४ पटकको सेयर कारोबारमा ८४ लाख ४ हजार ६ सय १६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम थोरैले बढेको हो । मंगलबार ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाा बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।
