बागमती प्रदेशमा कृषि बालीको उत्पादनमा सामान्य वृद्धि

राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनले गत आर्थिक वर्षमा समग्र कृषि बालीमध्ये खाद्य तथा अन्य बालीको उत्पादन ६.५ प्रतिशतले घटेको देखाएको छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Moderate increase in agricultural crop production in Bagmati Province

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा समग्र कृषि बालीको उत्पादन ०.८ प्रतिशतले बढेको सरकारी प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष सो उत्पादन ०.६ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनले गत आर्थिक वर्षमा समग्र कृषि बालीमध्ये खाद्य तथा अन्य बालीको उत्पादन ६.५ प्रतिशतले घटेको देखाएको छ । अघिल्लो वर्ष यस्तो उत्पादन ४.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ । सोही अवधिमा धान उत्पादन १.१, मकै उत्पादन ५, फापर उत्पादन ५.१, गहुँ उत्पादन १८.५ र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको देखिन्छ । अघिल्लो वर्ष गहुँ उत्पादन ०.६, धान उत्पादन ०.८, जौ उत्पादन ५.५ प्रतिशतले बढेको थियो । 

सो अवधिमा मकै उत्पादन ०.३, कोदो उत्पादन ३.१ र फापर उत्पादन ८.७ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्ष आलु उत्पादन ८.३, भटमास उत्पादन १२.३, तेलहन बालीको उत्पादन २१.० र दलहन बालीको उत्पादन २७.२ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ । 

अघिल्लो वर्ष आलु उत्पादन १३.३ र तेलहन बालीको उत्पादन २४.५ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा दलहन बालीको उत्पादन ११.४  र भटमास उत्पादन १८.५ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशमा भएको खाद्य तथा अन्य बालीको उत्पादनमा आलु उत्पादनको हिस्सा ३४.०, मकै उत्पादनको हिस्सा ३०.२ र धान उत्पादनको हिस्सा २२.९ प्रतिशत रहेको छ । समीक्षा वर्षमा यस प्रदेशको कुल कृषि उत्पादनमा खाद्य तथा अन्य बालीको हिस्सा ६१.१ प्रतिशत रहेको प्रतिवेदनले औंल्याएको छ ।

कान्तिपुर

Link copied successfully