प्रदर्शनमा भएको क्षतिमा साढे २३ अर्बको बिमा दाबी, ३ अर्ब ६८ करोड ४१ लाख भुक्तानी

कात्तिक २४ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये सोमबारसम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँबराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।

कार्तिक २५, २०८२

यज्ञ बञ्जाडे

Insurance claim for damages during the protest is 23.5 billion, payment of 3.68 billion 4.1 million

काठमाडौँ — गत भदौ २३ गतेको आन्दोलन र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको साढे २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा पौने ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

यही कात्तिक २४ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये सोमबारसम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँबराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । यो परेको कुल दाबीको करिब १५.६९ प्रतिशत मात्र हो । गत सोमबारसम्म बिमा कम्पनीहरूमा ३ हजार २ सय ४६ वटा दाबी परेका छन् । 

सोमबारसम्मको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ सम्पत्ति बिमा (घरसम्पत्ति) अन्तर्गतको छ । यो बिमामा ६ सय ९३ वटा दाबीमा १९ अर्ब ४ लाख ९ हजारको माग दाबी परेको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा ६८ करोड ६१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । 

ठेकेदार तथा इन्जिनियरिङ बिमामा ६ करोड २२ लाख, पारवहन बिमामा ४७ लाख र अन्य बिमामा २३ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । खासगरी ठूला क्षतिमा मूल्यांकनको काम र प्रक्रियागत काम नसकिएकाले परेको दाबीमध्ये कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully