शनिबार सम्पन्न निर्वाचनबाट सीए अनुप नेपाल अध्यक्षमा निर्वाचित भएका थिए। उनीसँगै उपाध्यक्षमा अनिल लामिछाने, महासचिवमा प्रदीप अर्याल, कोषाध्यक्षमा सविन कार्की तथा सदस्यमा अञ्जली सावद, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोख्रेल, मिथलेश प्रसाद चौधरी र सजना मैनाली निर्वाचित भएका थिए ।
काठमाडौँ — नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को नयाँ निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ। सोमबार साँझ संघको ४१औं साधारणसभासँगै अध्यक्ष सीए अरुण राउतले निर्वाचित ३६औं कार्यसमितिलाई पदस्थापन गरेका हुन्।
शनिबार सम्पन्न निर्वाचनबाट सीए अनुप नेपाल अध्यक्षमा निर्वाचित भएका थिए। उनीसँगै उपाध्यक्षमा अनिल लामिछाने, महासचिवमा प्रदीप अर्याल, कोषाध्यक्षमा सविन कार्की तथा सदस्यमा अञ्जली साउद, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोख्रेल, मिथलेश प्रसाद चौधरी र सजना मैनाली निर्वाचित भएका थिए ।
निर्वाचन अधिकृत सीए गोपालकुमार श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। सो अवसरमा आइक्यानका प्रदेश र जिल्ला समितिहरूलाई पनि पद तथा गोपनीयताको शपथग्रहण गराई पद हस्तान्तरण गरिएको थियो।
एक्यानका कोशी, मधेश, बागमती, लुम्बिनी, सुदूरपश्चिम र उपत्यका विशेष गरी प्रदेश समिति रहेका छन्। त्यस्तै मोरङ, झापा, सुनसरी, पर्सा, धनुषा, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, मकवानपुर, दाङ, बाँके र कैलालीमा जिल्ला कार्यसमिति क्रियाशील छन ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष नेपालले संघको आफ्नै भवन निर्माणलाई पहिलो प्राथमिकताका रूपमा अघि बढाउने बताए। उनले संघमा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धि र पेशागत सुदृढीकरणका लागि आफ्नो टिम सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
