उद्योगका प्रबन्धक वासुदेव श्रेष्ठले तत्काललाई पहिलो किस्ता तिर्ने र बाँकी किस्तापछि एडजस्ट गर्ने सर्तमा प्राधिकरणले लाइन जडान गरेको बताए ।
पर्सा — हिमाल स्टिल प्रालिले बक्यौता रहेको रकममध्ये पहिलो किस्ता बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योग परिसरको लाइन आइतबार साँझ करिब सवा ५ बजे जडान गरी दिएको छ ।
उद्योगका प्रबन्धक वासुदेव श्रेष्ठले तत्काललाई पहिलो किस्ता तिर्ने र बाँकी किस्तापछि एडजस्ट गर्ने सर्तमा प्राधिकरणले लाइन जडान गरेको बताए ।
बिजुली जोडिए पनि उद्योग भने तत्कालै सञ्चालनमा नआउने प्रबन्धक श्रेष्ठले बताए । उद्योगका केही आन्तरिक तयारी गर्न बाँकी रहेकाले उद्योग पुन: सञ्चालनमा आउन थप केही दिन लाग्ने उनले बताए ।
उक्त उद्योगमा करिब चार सय मजदुर कार्यरत रहेका छन् । पहिलो किस्ता नतिरकेका १० वटा उद्योगमा भने बिजुली जोडिएको छैन ।