त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिजले तिर्‍यो डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिजको बक्यौता ४ करोड ४० लाख रुपैयाँ छ

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Triveni Synthetic Yarn Industries pays first installment of dedicated and trunkline electricity tariff arrears

काठमाडौँ — डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिजले थप प्रिमियम रकमको पहिलो किस्ता तिरेको छ । त्रिवेणीले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो।

त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिजको बक्यौता ४ करोड ४० लाख रुपैयाँ छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता बुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। बिहीबार नै रिलायन्स स्पिनिङ मिल्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको प्राधिकरणले छ । रिलायन्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता छ ।

योसँगै डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप प्रिमियम रकम नितरेका कारण ११ उद्योगमा अझै विद्युत् जोडिएको छैन । प्राधिकरणले कात्तिक ४ र कात्तिक ७ मा गरी २३ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको थियो । तीमध्ये ११ उद्योगको बिजुली अझै काटिएको छ । बक्यौता तिर्नुपर्ने कुल २५ उद्योगमध्ये दुई उद्योग पहिले नै बन्द भएका थिए ।

प्राधिकरणका अनुसार तिहारकै बीचमा घराना फुड्स र गोयन्का फुड्सले पहिलो किस्ता तिरेपछि लाइन जोडिएको थियो । त्यसयता सोमबार ४, मंगलबार ३ र बुधबार एक र बिहीबार थप २ उद्योगले किस्ता तिरेपछि विच्छेद गरिएको उद्योगको लाइन जडान गरिएको प्राधिकरणले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully