रिलायन्स स्पिनिङ मिल्सले तिर्‍यो डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता, काटिएको लाइन पुनः जडान

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Reliance Spinning Mills pays first installment of dedicated and trunkline electricity tariff arrears, reconnects disconnected lines

काठमाडौँ — विगतमा लोडसेडिङका समयमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्सले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता तिरेपछि विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको छ।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो।

उक्त कम्पनीको कुल बक्यौता रकम ७५ करोड ३७ लाख रुपैयाँ रहेको छ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको र त्यसअनुसार रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको प्राधिकरणले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully