धितोपत्र बोर्डमा ४४ दिनदेखि आन्दोलन, अध्यक्ष श्रेष्ठ अर्थ मन्त्रालयमै 

बुधबार पनि कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र सञ्चालकहरूलाई कार्यालय पस्न दिएका छन् ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Protest at the Securities and Exchange Board of Nepal for 44 days, Chairman Shrestha remains at the Ministry of Finance

काठमाडौँ — नेपाल धितोपत्र बोर्डमा कर्मचारीहरूको आन्दोलन ४४औं दिन पनि जारी छ  । बुधबार पनि कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र सञ्चालकहरूलाई कार्यालय पस्न दिएका छन् । यहीकारण अध्यक्ष सन्तोषनारायण श्रेष्ठ गत आइतबारदेखि कार्यालय गएका छैनन् ।

उनले मंगलबार  अर्थ मन्त्रालयमै सञ्चालक समितिको बैठक डाकेका थिए । आन्दोलनबारे धेरै कुरामा छलफल भए पनि कुनै निर्णयबिनै बैठक टुंगिएको थियो । 

बुधबार पनि आफू मन्त्रालयमै रहेको र कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको अध्यक्ष श्रेष्ठले बताए । 

आफूहरूले खाइपाइ आएको सेवा–सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै धितोपत्र बोर्डका कर्मचारीहरू आज ४४औं दिन पनि आन्दोलनमा छन् । कर्मचारीहरूले असोज ७ गतेदेखि आन्दोलन सुरु गरेका थिए । त्यसयता धितोपत्र बोर्डमा कुनै काम भएको छैन् । 

आन्दोलन भए पनि गत सातासम्म कर्मचारीहरूले अध्यक्षलगायत सञ्चालकहरूलाई कार्यालय प्रवेश गर्न दिएका थिए । समस्या समाधानमा कुनै भूमिका नखेलेको भन्दै गत आइतबारदेखि अध्यक्षको राजीनामा माग गर्दै कर्मचारीहरूले कार्यालय प्रवेशमै रोक लगाएका हुन् ।

कान्तिपुर

Link copied successfully