पुरानो २५ लाखमध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने

वैदेशिक रोजगारीमा जानेलगायतका तत्काल चाहिनेलाई दैनिक ५ सय लाइसेन्स बाँडिने

कार्तिक १३, २०८२

विमल खतिवडा

Security Printing Center to print 1.2 million out of old 2.5 million licenses

काठमाडौँ — पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार केन्द्रले ३ देखि ६ महिनासम्ममा १२ लाख लाइसेन्स छापेर वितरण गर्ने भएको छ । यातायात विभागले २५ लाखभन्दा बढी पुराना लाइसेन्स छाप्न बाँकी छ ।

वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिनेको हकमा केन्द्रले दैनिक ५ सय लाइसेन्स छापेर तुरुन्त दिने सहमति भएको छ । त्यसपछि भने विभागले आफ्नै प्रणाली विकास गरेर लाइसेन्स वितरण गर्ने जनाएको छ ।

थप लाइसेन्स छपाइका लागि बजेट व्यवस्थापन गरिने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिए । उनका अनुसार ३देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर वितरण गरिनेछ । बाँकी लाइसेन्स भने बजेट व्यवस्थापन गरेर सुरक्षण मुद्रण केन्द्रले नै छापेर वितरणको व्यवस्था गरिनेछ ।  

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully