३ महिनामा सवा ६ अर्ब रुपैयाँको २६ सय २० युनिट विद्युतीय सवारी आयात

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १० करोड ७७ लाख रुपैयाँको २ हजार ५ सय १६ युनिट विद्युतीय सवारी आयात भएको थियो ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Import of 2,620 units of electric vehicles worth 6.25 billion rupees in 3 months

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ अर्ब २५ करोड ५ लाख रुपैयाँको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १० करोड ७७ लाख  रुपैयाँको विद्युतीय सवारी आयात भएको थियो ।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एक सय ४ युनिट बढी विद्युतीय सवारी आयात भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको तीन महिनामा २ हजार ६ सय २० युनिट विद्युतीय सवारी आयात गरिएको विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा २ हजार ५ सय १६ युनिट विद्युतीय सवारी आयात गरिएको छ । 

विभागका अनुसार  गत आर्थिक वर्षको तीन महिनामा  ५० किलोवाटसम्मको १ अर्ब ३९ करोड १९ लाख रुपैयाँको ७ सय ७२ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २६ करोड ६७ लाख रुपैयाँको ७ सय ५१ युनिट आयात भएको छ ।

गत वर्षको तीन महिनामा सय किलोवाट क्षमतासम्मको ४ अर्ब १६ करोड ३४ लाख रुपैयाँको १ हजार ५ सय ८२ युनिट आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २ करोड १९ लाख रुपैयाँको १ हजार ५ सय ४५ युनिट आयात भएको छ । 

विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनामा २ सय किलोवाटसम्मको ५३ करोड ३८ लाख रुपैयाँको १ सय ५९ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ९५ करोड ७० लाख रुपैयाँको ३ सय २३ युनिट सवारी आयात भएको छ । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३ सय किलोवाटसम्मको सवारी आयात भने घटेको छ । गत आर्थिक वर्ष १ करोड ८४ लाख ८२ हजार रुपैयाँको ३ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको तीन महिनामा ४८ लाख ४९ हजार रुपैयाँको एक युनिट आयात भएको छ ।

कान्तिपुर

Link copied successfully