तीन महिनामा ५ खर्ब ४० अर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापार घाटा २६.०४ प्रतिशतले बढी हो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Foreign trade deficit of Rs. 540 billion in three months

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ५ खर्ब  ४०  अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ४ खर्ब २९ अर्ब रुपैयाँ थियो ।

भन्सार विभागले  आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापार घाटा २६.०४ प्रतिशतले बढी हो । 

साउन, भदौ र असोजमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ३ खर्ब ९० अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो । 

कान्तिपुर

Link copied successfully