लक्ष्मीपूजामा मुलुकभर निरन्तर विद्युत् आपूर्ति सुनिश्चित

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत‍्गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Continuous power supply ensured throughout the country during Lakshmi Puja

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरेका छन् ।

ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल, उपकार्यकारी निर्देशकलगायत सम्मिलित टोलीले विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो । 

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलुकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत्गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । 

२०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

कान्तिपुर

Link copied successfully