लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत

गत वर्षको लक्ष्मीपूजाका दिन १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणले जनाएको छ ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

1,650 megawatts of electricity consumed on Lakshmi Puja day

काठमाडौँ — लक्ष्मीपूजा अर्थात् सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ ।'आजको बिजुलीको राष्ट्रिय उच्च माग  १६ सय ५० मेगावाट छ,' प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, '१ हजार १५ मेगावाट निर्यात भइरहेको छ ।' कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

गत वर्षको लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।  बढी बिजुली खपत गर्ने उद्योग बन्द हुने भए पनि हरेक घरदेखि उद्योगसम्म झिलिमिली बत्ती बालिने उनले बताए । अहिलेका ऊर्जामन्त्री तथा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ सालको लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेको घोषणा गरेका थिए।

कान्तिपुर

Link copied successfully