आइतबार २ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
काठमाडौँ — तिहार अघिको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक १६.६७ अंकले बढेको छ । शून्य दशमलव ६७ प्रतिशतले बढेपछि आइतबार नेप्से परिसूचक २५०३.८५ अंकमा कायम भएको छ ।
नेप्से अंक बढे पनि कारोबार रकम घटेको छ । आइतबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । गत बिहीबार ३ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कुल १६३ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ । कुल ८ को स्थिर रह्यो । विकास बैंक, सामूहिक लगानी कोष र निर्जीवन बिमाबाहेक सबै उपसमूहहरू बढे ।
बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३ प्रतिशतले बढे ।
आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । हिमालयन पावर पार्टनरको मूल्य ९.८९, भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० तथा अभियान लघुवित्तको ६.०१ प्रतिशतले मूल्य बढ्यो ।
