उक्त अवधिमा बाढीले पुर्याएको क्षतिबापत हालसम्म करिब ३ अर्ब २६ करोड ७६ लाखको दबी परेको बिमा प्राधिकरणले जनाएको छ ।
काठमाडौँ — यही असोज १८ गते यता परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म करिब सवा ३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।
उक्त अवधिमा बाढीले पुर्याएको क्षतिबापत हालसम्म करिब ३ अर्ब २६ करोड ७६ लाखको दबी परेको बिमा प्राधिकरणले जनाएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७ सय ४ वटा बीमा दाबीको करिब ३ अर्ब २६ करोड ७६ लाख दाबी परेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
परेका दाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमामा ३६४ वटा छन् । कृषि तथा बाली बिमामा २०९ वटा, इन्जिनियरिङ तथा ठेकेदार बिमामा ८७, निजी मोटर बिमामा ३३, सरकारी मोटर बिमामा ९ र अन्य गरी ७ सय ४ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।
