शुक्रबार उद्योगमा खपत भएको विद्युत्बापतको रकम नेपाल विद्युत् प्राधिकरणबाट जारी विजकको सम्पूर्ण रकम तिरिसकेको बताएका हुन् ।
काठमाडौँ — डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगीहरूले कुनै वक्यौता बाँकी नरहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र पठाएका छन् ।
शुक्रबार उद्योगमा खपत भएको विद्युत्बापतको रकम नेपाल विद्युत् प्राधिकरणबाट जारी विजकको सम्पूर्ण रकम तिरिसकेको बताएका हुन् ।
'मुलुकलाई औद्योगिक रूपमा आत्मनिर्भर बनाई रोजगारी र राजश्वमा समेत उल्लेख्य अवसर र योगदान पुर्याउने उद्देश्यले स्थापित हाम्रो उद्योगले हजारौं नेपाली नागरिकलाई रोजगारी प्रदान गरी अर्बौं रकम राजस्व दाखिला गर्दै आइरहेको र नेविप्राको विद्युत् उपभोग गरेबापत मासिक करोडौं रकम विद्युत् महसुलबापत नियमित तिर्दै बुझाउँदै आइरहेको छौं,' पत्रमा उल्लेख छ ।
पत्रमा थप भनिएको छ, 'हाम्रो उद्योगमा खपत भएको विद्युत्बापतको प्राधिकरणबाट जारी विजकको सम्पूर्ण रकम तिरिसकेका छौं। अब कुनै बक्यौता राखेका छैनौं ।'
