२५ सयमुनि झर्‍यो नेप्से

अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ४ सय ८७.१७ बिन्दुमा ओर्लेर बन्द भएको छ ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

NEPSE falls below 2500

काठमाडौँ — नेप्सेको घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । बुधबार २२.५८ अंकले घटेर बन्द भएको नेप्से बिहीबार १८.४० अंकले घटेको हो ।

अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ४ सय ८७.१७ बिन्दुमा ओर्लेर बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीका घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहृयो । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो । 

बिहीबार ३६ हजार ५ सय ३१ पटकको कारोबारमा ७६ लाख ४३ हजार ६ सय ३५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा  ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

बुधबार ३५ हजार ७ सय ५० पटकको कारोबारमा ७६ लाख ११ हजार ६ सय ६० कित्ता सेयर किनबेच भएका थिए । ती  किनबेचमा ३ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ र सामूहिक लगानी कोष उपसमूहको परिसूचक सामान्य अंकले बढ्यो । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully