भाटभटेनीले ११ अर्बभन्दा धेरै क्षति पुगेको दाबीसहित आयोगमा दियो उजुरी

भाटभटेनीले पूर्ण रूपमा नष्ट भएका १२ सहित २० स्टोरमा क्षति भएको जनाएको छ ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Bhatbhateni files complaint with the commission claiming damages of over Rs 11 billion

What you should know

काठमाडौँ — २३ र २४ भदौका घटना जाँचबुझका लागि गठित आयोगमा आइतबारसम्म एक दर्जन उजुरी दर्ता भएका छन् । आयोगका अनुसार निजी क्षेत्रका दुई कम्पनीले क्षतिको विवरणसहित उजुरी दर्ता गराएका छन् । तीमध्ये एक हो, भाटभटेनी सुपर मार्केट । 

भाटभटेनीले ११ अर्बभन्दा धेरै क्षति पुगेको दाबीसहितको उजुरी दर्ता गराएको छ । भाटभटेनीले पूर्ण रूपमा नष्ट भएका १२ सहित २० स्टोरमा क्षति भएको जनाएको छ । करिब ५० करोडभन्दा धेरैको सामग्री चोरी हुनुका साथै प्रयोगमा ल्याउन नसकिने गरी तोडफोड भएको दाबी गरिएको छ । 

भाटभटेनीले सबै जलेका स्टोरहरू सुरुमा लुटपाट भएको अनि आगो लगाउने काम भएको दाबी गरेको छ । ‘डिपार्टमेन्ट स्टोरमा छिरेका प्रदर्शनकारीहरूले सुरुमा लुटपाट गरेका थिए । आफूले सहज रूपमा लैजान सक्ने सामानहरू चोरी पनि गरेका थिए । यसरी चोरी गर्नेहरूको केही फुटेजहरू सीसीक्यामेरामा सुरुमा रेकर्डसमेत भएको थियो,’ उजुरीमा भनिएको छ, ‘यसरी लुटपाटमा केही स्थानीय र धेरै बाहिरका मानिसहरू थिए । प्रदर्शनकारीमध्ये कतिपय त मास्कसमेत लगाएका थिए । एकाएक लुटपाट र ठूलो भीड छिरेपछि हामीले कुनै रेकर्ड नै राख्न सकेनौं । ज्यान जोगाउनेतिर मात्र लाग्यौं ।’ 

केही स्टोरमा लुटपाट हुँदा योजनाबद्ध नै भएको देखिएको दाबी गरिएको छ ।‘जलाउने काम योजनाबद्धजस्तो देखिन्छ । सबै स्टोरमा एकै प्याट्रनमा चोरी अनि आगजनी र तोडफोड भएको छ,’ उजुरीमा भनिएको छ, ‘यसमा कुनै एक समूह वा व्यक्तिभन्दा विभिन्न समूहमा रहेका मानिस तथा आपराधिक कार्यमा पोख्त भएका मानिसको संलग्नता देखिन्छ ।’ भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका ९ वटा गरी १९ स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६ सय ३ रुपैयाँ बराबरका सामानहरूमा क्षति भएको र ६ अर्ब ९६ करोड ३ लाख बराबरको भौतिक क्षति भएको उजुरीमा उल्लेख गरिएको छ । करिब ५० करोडभन्दा धेरैको सामग्री चोरी हुनुका साथै प्रयोगमा ल्याउन नसकिने गरी तोडफोड भएको उजुरीमा दाबी गरिएको छ ।

कुन भाटभटेनीमा कति भयो क्षति ?

कुल १० अर्ब ५ करोड ६७ लाख ९ हजार ८ सय ५४ रुपैयाँ

कान्तिपुर

Link copied successfully