महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा.निलम ढुंगाना तिम्सिनालाई भेटेर उक्त आग्रह गरेको हो ।
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावाँ ब्याज भुक्तानी समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ ।
महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा.निलम ढुंगाना तिम्सिनालाई भेटेर उक्त आग्रह गरेको हो ।
महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावाँ ब्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटनालगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्यभागमा क्षति पुगेकोले क्षतिले ऋणीहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले सावाँ ब्याज भुक्तानीको समयसीमा थप गर्न राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।
उनले यो समयमा भएका यी घटनाबाहेक दसैंको कारण लामो समय सार्वजनिक बिदा पर्न गएको र ऋणीहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघसंस्थाहरुबाट समेत अनुरोध भैआएकोले राष्ट्र बैंकसमक्ष आग्रह गरिएको बताए ।
उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा महासंघका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।
