अघिल्लो दिनको तुलनामा सोमबार १.७६ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ४७.६० विन्दुमा उक्लेर बन्द भएको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४४.२५ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा सोमबार १.७६ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ४७.६० विन्दुमा उक्लेर बन्द भएको छ । आइतबार नेप्से ७८.८३ अंकले घटेको थियो ।
सो दिन कारोबारमा आएकामध्ये २०० कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीका घटेको छ । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी कम भएपछि समग्र नेप्से उच्च अंकले बढेको हो ।
सोमबार ४८ हजार ८ सय ३६ पटकको कारोबारमा ९९ लाख ४ हजार ८ सय ७४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार ६ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा ४४ अंकको वृद्धि भएको हो ।
