नेप्सेमा भारी गिरावट, झण्डै ७९ अंकले घट्यो नेप्से

गत बिहीबार करिब २२ अंकले बढेर २ हजार ५ सय ८२ अंकमा बन्द भएको नेप्से आइतबार ७८.८३ अंकले घटेको हो ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Heavy decline in NEPSE, NEPSE fell by almost 79 points

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । गत बिहीबार करिब २२ अंकले बढेर २ हजार ५ सय ८२ अंकमा बन्द भएको नेप्से आइतबार ७८.८३ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा ३.०५ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ३.३५ अंकमा ओर्लेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये ९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीका घटेको छ । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से भारी अंकले घटेको हो ।

आइतबार ६७ हजार २ सय २ पटकको कारोबारमा १ करोड ४३ लाख ६४ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार ५ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो ।

कान्तिपुर

Link copied successfully