एटिएमको कारोबार सीमा घट्यो, प्रतिकारोबार २० हजार मात्र

राष्ट्र बैंकले शुक्रबारदेखि लागू गरेको नयाँ व्यवस्थाअनुसार अब एटिएमबाट प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख मात्र निकाल्न सकिनेछ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

The ATM transaction limit has been reduced to 20,000 only

काठमाडौँ — नेपाल राष्ट्र बैंकले एटिएमको कारोबार सीमा घटाएको छ । नगद कारोबारलाई निरुत्साहित र अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कारोबार सीमा घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार अब एटिएमबाट पैसा झिक्दा प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्र निकाल्न सकिने छ । यसअघि एटिएमबाट प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो ।

विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले शुक्रबारदेखि एटिएमको कारोबार सीमा घटाएको हो ।

कान्तिपुर

Link copied successfully