सुनको मूल्य निरन्तर अकासिँदो

नेपालमा एक तोला सुनको मूल्य आज १,२०० रुपैयाँले बढेर २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ भने चाँदी पनि ७० रुपैयाँले महँगिएको छ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

The price of gold is constantly skyrocketing

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २ सय रुपैयाँले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २ सय बढेर दुई लाख ३९ हजार २ सय रुपैयाँ भएको छ । 

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासंघलेजनाएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

कान्तिपुर

Link copied successfully