दसैँको टीकाको दिन कुन तरकारीको भाउ कति ?

दसैँका कारण बजारमा ताजा तरकारीको उपलब्धता कमी भएपनि विकास समितिले तरकारी र फलफुलको अभाव भने नरहेको जनाएको छ।

आश्विन १६, २०८२

रासस

What is the price of which vegetable on Dasain Tika day?

What you should know

काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । दसैँका कारण बजारमा ताजा तरकारीको उपलब्धता कमी भएपनि विकास समितिले तरकारी र फलफुलको अभाव भने नरहेको जनाएको छ।

दसैँ मनाउन काठमाडौँबाट एकैपटक धेरै मानिसहरू बाहिरिएका कारण काठमाडौँका चोक र गल्लीहरू सुनसान छन्। 

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ५२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४४ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १३० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ९० रुपैयाँ, रातो मूला प्रतिकिलो ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो १२० रुपैयाँ, मकै बोडी प्रतिकिलो ९० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२० रुपैयाँ, टाटे सिमी प्रतिकिलो २७० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ९० रुपैयाँ, तीतो करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ७० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३४ रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, झिगुनी प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिण्डी प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ ।

सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, बरेला प्रतिकिलो १०० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ, स्कूस प्रतिकिलो २० रुपैयाँ, रायोसाग प्रतिकिलो १४० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १३० रुपैयाँ, चमसुर प्रतिकिलो २०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १५० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो १५० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ९०० रुपैयाँ, सौफको साग प्रतिकिलो ३०० रुपैयाँ, पुदिना प्रतिकिलो ८०० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १२० रुपैयाँ, तोफु प्रतिकिलो १४० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ९० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो ९० रुपैयाँ र लप्सी प्रतिकिलो ८० रुपैयाँ, किबी प्रतिकिलो ३०० रुपैयाँ, सरिफा प्रतिकिलो १२० रुपैयाँ र आभोकाडो प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो ९० रुपैयाँ, अदुवा प्रतिकिलो १२० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो ९० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, लसुन हरियो प्रतिकिलो १५० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ६० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो २०० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३०० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २४० रुपैयाँ, रूख टमाटर प्रतिकिलो २०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ निर्धारण गरिएको छ ।

रासस

Link copied successfully