भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा वनस्पति घिउ तेल उत्पादक संघको ५० लाख सहयोग

आइतबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विकास दुगड र निवर्तमान अध्यक्ष सन्दीप अग्रवालले अर्थमन्त्री रामेश्वर खनाललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

50 lakh support of Vegetable Ghee Oil Producers Association for physical infrastructure reconstruction fund

काठमाडौँ — भदौ २४ को प्रदर्शनको क्रममा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माण गर्न नेपाल वनस्पति घिउ तेल उत्पादक संघले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष  विकास दुगड र निवर्तमान अध्यक्ष सन्दीप अग्रवालले अर्थमन्त्री रामेश्वर खनाललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । 

त्यसक्रममा अध्यक्ष दुगडले क्षति पुगेको संरचनाको पुनः निर्माणमा सरकारको प्रयासलाई साथ दिन सहयोग गरेको बताए । ‘पुनर्निर्माणमा हरेक नागरिकको जिम्मेवारी हुन्छ । यस प्रकारको सहयोगले पुनर्निर्माणमा केही टेवा पुग्ने विश्वास लिएका छौँ,’ उनले भने । अर्थमन्त्री खनालले संघले गरेको सहयोगले पुनर्निर्माण कार्यमा थप गति दिन महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

कान्तिपुर

Link copied successfully