अमेरिकी राजदूत थम्प्सनले एममीसीका परियोजना समयमै सक्न सरकारको थप प्रतिबद्धता मागे  

अर्थमन्त्री खनालले एमसीसीका परियोजनाहरूको सफल कार्यान्वयनका लागि सरकारबाट गर्नुपर्ने कार्यहरूमा ढिलाइ नहुने बताए

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

US Ambassador Thompson asked for more commitment from the government to complete the MMC project on time

काठमाडौँ — अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबीच आज भेटघाट भएको छ ।  अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो । 

उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमबाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताएका थिए । 

अमेरिकी राजदूत थम्प्सनले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको बताए । उनले एमसीसीको सहयोगमा सञ्चालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरू समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताए । 

अर्थमन्त्री खनालले उक्त परियोजनाहरूको सफल कार्यान्वयनका लागि सरकारबाट गर्नुपर्ने कार्यहरूमा ढिलाइ नहुने विश्वास दिलाएका थिए । सो अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारबाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सराहना गरे । 

कान्तिपुर

Link copied successfully