मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षणमा पुगे मन्त्री घिसिङ

सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको मन्त्री घिसिङ निरीक्षण गरेका हुन् ।

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

Minister Ghising visited Madhya Bhotekoshi hydropower project

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार व्यावसायिक उत्पादनका लागि परीक्षणको क्रममा रहेको मध्य भोटेकोशी जलविद्युत् आयोजना पुगेका छन् ।

सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको मन्त्री घिसिङ निरीक्षण गरेका हुन् । निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको सोमबार दोस्रो दिन रहेको आयोजनाले जनाएको छ ।

चिलिमे जलविद्युत् कम्पनीको प्रवन्धक सञ्चालक हुँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजनाको विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो । उक्त आयोजनाबाट परीक्षणका क्रममा पूर्ण १०२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ ।

जुरेको पहिरो, ०७२ सालको भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी, स्थानीय अवरोधलगायतका कारण आयोजनाको निर्माण समयमै सक्न समस्या भएको थियो ।

कान्तिपुर

Link copied successfully