अर्थ मन्त्रालयले गुनासो व्यवस्थापन सम्बन्धी उजुरी दिन सकिने व्यवस्था गरेको हो ।
काठमाडौँ — अर्थ मन्त्रालय मातहतका संस्थान तथा निकायमा कर्मचारीहरुले काममा ढिलासुस्ती, अनुचित कार्य, घुस तथा रिसवत मागेमा सिधैं अर्थमन्त्री रामेश्वर खनाललाई इमेल र हटलाइन नम्बरमा टेलिफोन गर्न सकिने भएको छ ।
अर्थ मन्त्रालयले गुनासो व्यवस्थापन सम्बन्धी उजुरी दिन सकिने व्यवस्था गरेको हो ।
‘अर्थ मन्त्रालय मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यका लागि दबाब दिएको एवम् घुस तथा रिसवत मागेको लगायत कुनै पनि प्रकारका ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सृजना भएको अवस्थामा सिधै अर्थमन्त्रीको इमेल र अर्थ मन्त्रालयको गुनासो सम्बन्धी इमेलमा उजुरी दिन सकिन्छ,’ मन्त्रालयको सूचनामा भनिएको छ ।
गुनासोका लागि हटलाइन (टोलफ्री) नम्बर १८१०५०००४१० मा सिधैं गुनासो गर्न सकिने व्यवस्था पनि मन्त्रालयले गरेको छ ।
