बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल

भाद्र ३०, २०८२

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेको बताएका छन् । सोमबार अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा गभर्नर पौडेलले यस्तो बताएका हुन् । 

'जेन-जी प्रदर्शनका कारण बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरूको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दु:खद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ,' उनले भने । 

Link copied successfully