चक्रपथभित्र कर्फ्यू आदेश आएपछि लगानीकर्ताको अनुरोधमा नेप्सेले व्यापार स्थगन गरेको छ।
काठमाडौँ — जेनजीको प्रदर्शनलाई निस्तेज पार्न सरकारले काठमाडौं उपत्यकामा कर्फ्यू आदेश जारि गरेपछि मंगलबारका लागि पुँजीबजारको कारोबार स्थगित गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै मंगलबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।
नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, 'चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ ।'
