कन्टेन फिल्टरिङको कानुनी र प्राविधिक जटिलता समाधान गर्न इस्पानको आग्रह

सरकारको निर्णयपछि प्राधिकरणले बिहीबार दिएको निर्देशनअनुसार इस्पानले काम गरिरहेको समेत जानकारी गराइएको छ ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Spain's insistence on solving the legal and technical complexities of content filtering

काठमाडौँ — इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपाल (इस्पान) ले उपभोक्ताले भीपीएनलगायत प्रयोग गर्ने हुँदा कन्टेन फिल्टरिङको कानुनी र प्राविधिक जटिलता समाधान गर्न सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाई आग्रह गरेको छ । 

एसोसिएसनका अध्यक्ष सुधीर पराजुलीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै भीपीएनको प्रयोग हुँदा त्यसको अन्योलता मन्त्रालयले अपरिहार्य रुपमा हटाउनु पर्ने विषय उल्लेख गरेको छ ।

सरकारको निर्णयपछि प्राधिकरणले बिहीबार दिएको निर्देशनअनुसार इस्पानले काम गरिरहेको समेत जानकारी गराइएको छ । सरकारले फेसबुकदेखि हाम्रोपात्रोसम्म २६ वटा सामाजिक सञ्जालहरु बन्द गराउने निर्णय गरेको थियो । तर, बिहीबार नै हाम्रो पात्रो सूचीकरण भएकोले २५ वटा सामाजिक सञ्जालहरु बन्द एवं निष्क्रिय गराउने कार्य चलिरहेको एसोसिएसनले जानाएको छ ।

Spain's insistence on solving the legal and technical complexities of content filteringSpain's insistence on solving the legal and technical complexities of content filtering

       

कान्तिपुर

Link copied successfully