विदेशीले न्यूनतम ५० डलरमा सेवा लिन सक्नेछन् भने नेपालीका लागि न्यूनतम २५ सय रुपैयाँ निर्धारण गरिएको छ । स्पासँगै एसियन खानाका परिकार खुवाउन तन्दुर हिमालय रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याइएको छ ।
सोलुखुम्बु — नाम्चे बजारमा स्थानीय लगानीकर्ताको समूहले ७ करोड लगानीमा वेलनेस क्लब र स्पा सञ्चालनमा ल्याएको छ । शरद ऋतुको पर्यटकीय सिजन सुरु हुनै लाग्दा सोमबारदेखि अल्टिच्युट वेलनेस क्लब एन्ड स्पा सञ्चालनमा ल्याइएको हो ।
पर्यटकको सुविधाका लागि दर्जनौं वेलनेससम्बन्धी प्रोडक्ट तयार गरिएको सञ्चालक छिमिकाल्देन शेर्पाले बताए । नाम्चे बजारमा अब अनुभवी थेरापिस्टबाट थाईदेखि आयुर्वेदिक मसाजसम्म उपलब्ध हुने शेर्पाको भनाइ छ । उनका अनुसार सउना स्टिम, सैलुन र तातोपानीमा आरादायी रूपमा नुहाउने प्रबन्ध गरिएको छ । ‘हिमाल चढेर र घुमेर फर्कने पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर पनि हामीले यो स्पा सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘यो खुम्बु क्षेत्रकै ठूलो परियोजना हो ।’
विदेशीले न्यूनतम ५० डलरमा सेवा लिन सक्नेछन् भने नेपालीका लागि न्यूनतम २५ सय रुपैयाँ निर्धारण गरिएको छ । स्पासँगै एसियन खानाका परिकार खुवाउन तन्दुर हिमालय रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढेसँगै खुम्बु क्षेत्रमा सुविधा सम्पन्न संरचना बन्न थालेका छन् ।
