नाडाको विशेष साधारणसभा रोक्न प्रशासनको निर्देशन

सोमबार नाडालाई पत्र पठाउँदै प्रशासनले विशेष साधारणसभा बोलाउन गरिएका निर्णयहरू सहित सात दिनभित्र प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Administration instructions to stop special general meeting of NADA

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २४ भदौमा गर्न लागेको विशेष साधारणसभा स्थगन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

सोमबार नाडालाई पत्र पठाउँदै प्रशासनले विशेष साधारणसभा बोलाउन गरिएका निर्णयहरू सहित सात दिनभित्र प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारणसभा रोकी पाऊँ भनी यस कार्यालयमा १६ भदौमा निवेदन दर्ता भएकाले विधानबमोजिम वार्षिक साधारणसभा नबोलाई के–कति कारणले विशेष साधारणसभा गर्न लागिएको हो ?,’ पत्रमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनका विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ?’

यसैको सन्दर्भमा अटो व्यवसायीसँग मंगलबार छलफल गरिएको जिल्ला कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए । असन्तुष्ट समूहका व्यवसायीले मंगलबार छलफल भए पनि सहमति नभइसकेको जानकारी दिएका छन् ।

कान्तिपुर

Link copied successfully