दुग्ध किसानको आन्दोलन स्थगन, बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति

२०८२ असार मसान्तसम्मको बाँकी रकम असोज ५ भित्र भुक्तानी गर्ने सहमति भएको छ। साउन र भदौको रकम क्रमशः असोज ३० र कात्तिक मसान्तसम्म भुक्तानी हुनेछ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Adjournment of dairy farmers' agitation, agreement to pay dues before Dasain

काठमाडौँ — आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग र सरकारबीच सहमति भएको छ । बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति भएसँगै किसानले आन्दोलन स्थगन गरेका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एसोसियसनका पदाधिकारीबीच ६ बुँदे सहमति भएको हो । 

दुग्ध उत्पादक कृषकलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार मसान्तसम्मको २०८२ असोज ५ गतेभित्र गर्ने सहमति भएको छ ।

त्यस्तै साउनमसान्त सम्मको बाँकी बक्यौता रकम २०८२ असोज ३० गतेभित्र, भदौ मसान्तसम्मको बाँकी बक्यौता रकम कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको छ । त्यसपछि बाँकी पैसा नियमित रूपमा भुक्तानी गर्दै जाने र नियमित भुक्तानी गर्ने उद्योगीले सोहीबमोजिम गर्ने सहमति भएको छ ।

डीडीसीले मात्र दुग्ध किसानलाई तिर्नुपर्ने बक्यौता झन्डै एक अर्ब रुपैयाँ रहेको छ । दूधको बक्यौता तिर्न भन्दै डीडीसीले २०७८ यता अर्थ मन्त्रालयसँग पटक–पटक गरी १ अर्ब २५ करोड ऋण लिएको छ । तर सुक्खा सिजनमै किसानको बक्यौता बाँकी नै छ । तर यही बेला किसानलाई पैसा दिन बेवास्ता गर्दै पोखरामा जग्गा खोज्न डीडीसी लागिपरेको छ । दुग्ध किसानले सरकारी र निजी गरी झन्डै ३ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी छ । 

यस्तो छ सहमति

Adjournment of dairy farmers' agitation, agreement to pay dues before Dasain

Adjournment of dairy farmers' agitation, agreement to pay dues before Dasain

कान्तिपुर संवाददाता

Link copied successfully