ट्रेजरी बिलमार्फत सरकारले मंगलबार ८ अर्ब ४ करोड ५० लाख रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ ।
काठमाडौँ — सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ९१ र ३६४ दिने ट्रेजरी बिलमार्फत उल्लेखित रकम उठाउन लागेको जनाएको हो ।कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो ।
ट्रेजरी बिलका लागि सोमबार (भदौ १६ गते) दिउँसो तीन बजेसम्म बोलकबोल भइसकेको छ । ती बोलकबोलमध्येबाट आज मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।
पछिल्लो पटकको बोलकबोलमा २८ दिने ट्रेजरी बिलमा २.४५ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.७३ प्रतिशत र सबैभन्दा कम १.८९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
