दुई दिन बजार घट्दा ३ दिन बढ्यो, अन्तिम दिन ३८.१० अंकले घटेपछि समग्र नेप्से २७ सय ८१ विन्दुमा ओर्लियो ।
What you should know
काठमाडौँ — कुल साप्ताहिक सेयर कारोबारमा १० कम्पनीले ३७.१६ प्रतिशत हिस्सा ओगटेका छन् । सो अवधिमा कुल २५१ कम्पनीको सेयर कारोबार भएकामा उल्लिखित १० कम्पनीले झन्डै ३८ प्रतिशत हिस्सा ओगटेको नेप्सेको तथ्यांक छ ।
साताभर ३१ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार हुँदा १० कम्पनीको मात्रै ११ अर्ब ८० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । सो अवधिमा हिमालयन डिस्टिलरीको २ अर्ब ९१ करोड ६७ लाख, नेपाल रिइन्स्योरेन्सको २ अर्ब ६६ करोड १९ लाख, हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ९४ करोड ४० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
गत साता बुटवल पावरको ६८ करोड ८९ लाख, शिवम् सिमेन्टको ६५ करोड ३८ लाख, ग्रिन भेन्चर्सको ६० करोड ७९ लाख, लुम्बिनी विकास बैंकको ६० करोड २६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५९ करोड ८२ लाख, राधी विद्युत् कम्पनीको ५६ करोड ५९ लाख र नेपाल रिपब्लिक मिडियाको ५६ करोड ३६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको तथ्यांक छ ।
गत साता २३.०३ अंकले नेप्से परिसूचक घट्दा २७ सय ८१ विन्दुमा बन्द भएको छ । गत साता दुई कारोबार दिन नेप्से घट्दा ३ कारोबार दिन नेप्से बढ्यो । तर अन्तिम कारोबार दिन नेप्से वृद्धिले निरन्तरता पाएन ।
आइतबार १८.०२ अंकले घटेको नेप्से सोमबार २१.३० र मंगलबार ४.८३ अंकले बढ्यो । बुधबार ५३.०१ अंकले बढेर नेप्से २८ सय १९ दशमलव १० विन्दुमा उक्लिएको थियो । तर बिहीबार नेप्से वृद्धिले निरन्तरता नपाउँदा ३८.१० अंकले घटेर २७ सय ८१ विन्दुमा ओर्लिएको हो ।
साउन २७ यता सबैभन्दा बढी सेयर कारोबार गत बिहीबार भएको थियो । साउन २६ मा १० अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता गत बिहीबार ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको हो । आइतबार ६ अर्ब ५४ करोड, सोमबार ५ अर्ब ७५ करोड, मंगलबार ४ अर्ब १८ करोड र बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ३८ अर्ब ७४ करोड ५३ लाख रुपैयाँले बढेको छ । अघिल्लो बिहीबार ४६ अर्ब ८ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४६ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ ।
कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।
विकास हाइड्रोपावर : ६०.९८ प्रतिशत
नेपाल रिइन्स्योरेन्स : ८.१०
समता घरेलु लघुवित्त : ६.१९
हिमालयन रिइन्स्योरेन्स : ५.९५
गार्डियन माइक्रो लाइफ : ५.३३
एनएलजी इन्स्योरेन्स : ४.८८
साना किसान विकास बैंक : ४.७३
अरुण काबेली पावर : ४.२९
शुभम् पावर : ३.९६
अप्पर स्याङ्जा हाइड्रोपावर : ३.९०
सिक्लेस हाइड्रोपावर : –८.३९
रसुवागढी हाइड्रोपावर : –५.६४
पिपुल्स् हाइड्रोपावरको : –५.४१
सान्भी इनर्जीे : –४.६०
मातृभूमि लघुवित्त : –४.४५
धौलागिरि लघुवित्त : –४.३७
छ्याङदी हाइड्रोपावर : –३.९८
मन्दाकिनी हाइड्रोपावर : –३.८६
नेपाल फाइनान्स : –३.५४
पियोर इनर्जी : –३.५१
