सिद्धबाबा खण्डको चार किलोमिटर पार गर्न जहिल्यै सास्ती [तस्बिरहरु]

चुनढुंगा उद्योग र टिपरको भारले खाल्डाखुल्डी बढेको राजमार्गमा एम्बुलेन्स र सार्वजनिक सवारी साधनलाई समस्यामा पारेको छ।

भाद्र १४, २०८२

माधव अर्याल

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

What you should know

पाल्पा — सिद्दार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रको चार किलोमिटर सडक पार गर्न हिउँद तथा वर्षायाम जहिलेसुकै सास्ती छ । यहाँको चार किलोमिटर क्षेत्रमा १० वर्षदेखि खाल्डाखुल्डी पुरिएको छैन ।

जसले गर्दा सानाठूला सवारी साधनका साथै यात्रुले जहिलेसुकै सास्ती खेप्नु परेको हो । हिउँदभर धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ ।

‘सानाठूला सवारी साधनलाई मात्र होइन, एम्बुलेन्सलाईसमेत जहिलेसुकै सास्ती खेप्नुपर्छ,’ रम्भा गाउँपालिका–५, ताहुँका डा. पुजन श्रेष्ठले भने, ‘विदेशमा आधा दिनमै यतिउति किलोमिटर सडक कालोपत्र हुन्छ भन्ने सुन्दा अचम्म लाग्छ । हाम्रो देशमा भने आधा जिन्दगीसम्म पनि काम सकिँदैन, अझ सिद्धबाबा क्षेत्रमा चार किलोमिटरको हालत उहिलेदेखि नै उस्तै छ ।’

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

उनका अनुसार सबै भन्दा बढी समस्या एम्बुलेन्स चालक र त्यसभित्र रहेका बिरामीलाई हुने गरेको छ । आपतकालीन बत्ती बलिरहेको हुन्छ तर चालकले छिटो गुडाउन पनि नसक्ने अवस्था रहेको उनले सुनाए । 

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

एम्बुलेन्सभित्र सुतेको बिरामीलाई झन् गाह्रो हुन्छ भने स–साना खाल्डा–खुल्डीलाई समेत बचाउँदै सावधानीपूर्वक चलाउनु पर्ने बाध्यता चालकलाई रहेको उनले बताए । ‘कहिले पुर्ने हो त्यो खाल्डो ? कहिले पाउने हो राम्रो बाटो ?’ डा. श्रेष्ठले सामाजिक सञ्जालमै रोष पोखेका छन्, ‘कालोपत्र भयो भन्ने मात्र हो ठूलो पहाड उठाएजस्तै छ । बीचबीचमा अनि रातिको समयमा त झन् नराम्रो दुर्घटना हुने सम्भावना देखिन्छ ।’

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

सडक चिप्लिएर र माथिल्लो भागबाट खसेको ढुंगा लागेर दुई महिनायता एक जनाको मृत्यु र ६ जना घाइते भइसकेका छन् । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या यस क्षेत्रमा जहिलेसुकैको हो । राजमार्गको पाल्पा दोभानदेखि तल्लो सिद्धबाबा सडकखण्डमा जहिलेसुकै खाल्डाखुल्डीले चालक तथा यात्रुले सास्ती खेप्नु सामान्य भइसकेको छ ।

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

‘१० वर्षजति भयो होला यो सडक जहिलेसुकै उस्तै छ,’ पाल्पा रामपुर नगरपालिका–२, का मोटरसाइकल चालक खेमबहादुर रानाले भने, ‘कहिल्यै सुधारेको र राम्रो भएको पाएको छैन । जहिलेसुकै खाल्डाखुल्डी, हिलाम्मे, धुलाम्मे सडकमा यात्रा गर्नु परेको छ ।’

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

यस खण्डमा स्तरोन्नतिमा ढिलाई हुँदा हिउँदमा धुलो र वर्षायाममा हिलो तथा पहिरोको त्रास रहेको उनले बताए । खाल्डाखुल्डीमा सानाठूला सवारी साधन तीव्र गतिमा कुदाउन मिल्दैन । तर टिपर भने खाल्डाखुल्डीको प्रवाह नगरी तीव्र गतिमा कुदाउँदा सडकमा झन् बढी खाल्डाखुल्डी भएको छ । 

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

टिपरले साना सवारी साधनको कुनै प्रवाह गर्दैनन् । ‘सरोकारवाला निकायको ध्यान कहिल्यै पुगेजस्तो लाग्दैन,’ स्याङजाबाट बुटवल मोटरसाइकलमा यात्रा गरेका गल्याङ् नगरपालिका–५, का रामचन्द्र अधिकारीले भने, ‘कति वर्ष भयो यो चार किलोमिटर सडक कहिल्यै राम्रो भएको छैन । खै कहिले सलल सडक बन्ने हो थाहा छैन ।’

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

यस खण्डमा सानाठूला सवारी साधनका यात्रुले २०६५ सालअघि मात्र राम्रो सडकमा सवारी साधन गुडाउन पाएका थिए । पाल्पाका विभिन्न स्थानमा खुलेका चुनढुंगा उद्योग र त्यहाँ संचालन भएका अधिकभार बोकेका टिपर चल्न थालेपछि भने सडक कहिल्यै सुध्रिएको छैन । पछिल्लो १० वर्षदेखि सडक डिभिजनले स्तरोन्नतिको कुनै काम गरेको छैन । तीन वर्षयता यहाँ सुरुङ्मार्गको काम गरेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सडकको हिलो र धुलोप्रति वेवास्ता गर्दै आएको छ । 

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

यसअघि सडक डिभिजनले लगाएको ठेक्काको काम ९ वर्षदेखि पूरा भएको थिएन । वर्षा सुरु हुनासाथ सडकमा हिलोसहितको भल बग्ने गर्छ । निकास राम्रो नहुँदा सडकमै भल पानी बगेको हो । नाली निर्माणलाई बेवास्ता गर्दासमेत थप सास्ती खेप्नु परेको तिनाउ गाउँपालिका–३, दोभानका विष्णुप्रसाद पाण्डेयको भनाइ छ ।It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]यहाँ मर्मतको काम नभएपछि खाल्डाखुल्डीका साथै कालोपत्रको नामोनिसान छैन । दोभानदेखि तल्लो सिद्धबाबासम्म करोडौं खर्चिएको अस्फाल कालोपत्रसमेत उप्किएर कतै रहेको छैन । 

अस्फाल कालोपत्र गरेको ६ महिना पनि टिकेन । ढलान पनि ठाउँठाउँमा फुटेको छ । पछिल्लो ५ वर्षयता चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तीन किलोमिटर क्षेत्रको जिम्मा लिएको छ । ‘सुरुङ निर्माणको काम अघि बढेपछि आयोजनाले हेर्ने हो,’ सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले भने, ‘हाम्रो क्षेत्रमा हामीले खाल्डाखुल्डी पुरेका छौं ।’ 

तर सडक डिभिजनको जिम्मा लिएको क्षेत्र दोभान चौकीदेखि झण्डै एक किलोमिटर पनि खाल्डाखुल्डी र माटोसहितको हिलाम्मे भइसकेको स्थानीय यात्रु केशव खत्रीले बताए । काम गर्ने चरणमा लापरबाही भए पनि सडक डिभिजनले बेवास्ता गर्दा लामो समय अस्फाल प्रविधिको कालोपत्र टिकेन । 

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

अस्फाल कालोपत्र गर्ने क्रममा सांसद, स्थानीय बासिन्दा, सञ्चारकर्मी लगायतले खबरदारी गरेका हुन् । पछिल्लो समय सुरुङमार्गको कामले गर्दा मर्मत भएको छैन । सडकका खाल्डाखुल्डी र पहिरोले गर्दा हिलै भएको छ । दोभानदेखि एक किलोमिटर क्षेत्र सडक डिभिजन पाल्पा र बाँकी तीन किलोमिटर सुरुङ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काम गर्दै आएको हो ।

वर्षायाममा खसेको पहिरोले हिलाम्मे भएको छ । कतिपयस्थानमा निर्माण कम्पनीले कल्भर्ट बनाएकाले पनि थप हिलाम्मे बनेको छ । पानी पर्दा मोटरसाइकल, स्कुटी चिप्लिएर दुर्घटनाको खतरा झन् बढेको स्थानीय टंक बस्यालले बताए । यहाँ यात्रा गर्ने यात्रुका लागि हिउँद र वर्षा जहिलेसुकै सास्ती खेप्नुपर्ने बाध्यता रहेको उनले बताए । पैदल यात्रु होस् वा सवारीमा यात्रा गर्दा हिलाम्मे भएर सास्ती खेप्नु परेको गुनासो नागरिकले गर्दै आए पनि सुनुवाइ भएको छैन ।

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

विगतमा सिद्धबाबा क्षेत्रमा वर्षायामको हिलो तथा धुले पहिरोले ज्यान लिएका घटना धेरै छन् । दोभानबाट हेडबक्स, झरना, सिद्धबाबा, तल्लो सिद्धबाबासम्म धेरै दुर्घटना हुने गरेको छ । 

वर्षायाममा बस बगाउने, ढुंगा खसेर पुर्ने, मोटरसाइकल यात्रालाई असहज बनाउने क्षेत्र यही चार किलोमिटर भित्रैपर्छ । राजमार्गको दोभानदेखि चिडियाखोलासम्मको चार किलोमिटर क्षेत्रमा बढी ढुंगा खस्ने, पहिरो जाने र लेदो माटोसहितको भेलले सवारी साधन बगाउने समस्या रहेको दोभान प्रहरी चौकीले जनाएको छ । 

‘यस क्षेत्रको जोखिमयुक्त क्षेत्रमा स्लोप स्टेबलाइजेन र रक ब्यारियर विधि प्रयोग गरेर सडक सुरक्षित बनाउने योजना छ,’ सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख कृष्णराज अधिकारीले भने, ‘निर्माणको चरण भएकाले पनि केही असहज हुनसक्छ । सम्भावित दुर्घटनाको क्षेत्रमा ढुंगाहरु हटाइने र पहाडको माथिल्लो भागमा बलियो तारजालीसमेत बिच्छ्याउने कार्य हुनेछ ।’ 

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

जसबाट पहिरो सम्भावित क्षेत्रलाई स्लोप प्रोटेक्सनको काम हुनेछ भने रक ब्यारिएर हुनेछ । सुरुङ क्षेत्रको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५ मिटर स्लोप प्रोटेक्सनको काम भइसकेको उनले बताए । उत्तरतर्फ ११०० मध्ये ४९५ काम सकिएको छ । एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१ मात्रै भएको छ । 

एमआरटु माउन्टेन साइट ७४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजना प्रमुख अधिकारीले बताए । ‘अहिले हामीले मुख्य टनेलमै ध्यान दिएका छौं,’ उनले भने, ‘त्यसैले बाहिरको काम नदेखिएको हो ।’ तर यो वर्षायाममा यस भेगका यात्रुले भने बाहिर जोखिम पनि कम गरिदिए हुन्थ्यो भन्ने नै छ । 

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

स्लोप प्रोटेक्सनको काम भएकै क्षेत्रमा ढुंगा खस्ने, पहिरो जाने र दुर्घटना जोखिम देखिएको छ । आयोजनाको प्याकेजअन्तर्गत चिडियाखोला–सिद्धबाबा मन्दिर र सुरुङको उत्तरी मोहोडादेखि दोभानसम्मको सडकमासमेत आधुनिक प्रविधिबाट जोखिम न्यूनीकरणको काम हुनेछ । 

बलियो तारजालीले ५ हजार किलोसम्मका ढुंगालाई थाम्न सक्षम हुने अपेक्षा छ । ठूला ढुंगाको गति कम गरेर झर्ने व्यवस्था मिलाइने छ । आयोजनाका अनुसार वर्षा सकिएलगत्तै चिडियाखोला–सिद्धबाबा मन्दिर र दोभान खण्डमा रक ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ । सुरुङमार्ग आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । 

ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर विधि सफल मानिन्छ ।

It's always a pain to cross the four kilometers of Siddhababa section [Photos]

चिडियाखोलादेखि सिद्धबाबा मन्दिर सम्मको सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिनेछ । त्यहाँसम्मको सडकमा ३० मिटर माथिसम्मको भागमा स्लोप स्टेबलाइजेशन हुनेछ । ढुंगा झर्न नदिनका लागि रक ब्यारिएर गर्ने कामसमेत आयोजनाले यही ठेक्का अन्तर्गत हुनेछ । 

सुरुङ सकिएको उत्तरी दोभानतर्फ केही भागमा आयोजनाले माथिल्लो भागमा स्लोप स्टेबलाइजेशन र रक ब्यारिएरको काम सुरु भएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ लगायत १२ जिल्लाका सवारी साधन यही राजमार्ग भएर गुड्छन् । राजमार्गको यही खण्डले धेरैको अकालमै ज्यान लिएको छ । धेरै अंगभंग भएका छन । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully