सरकारले थाल्यो बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया, सिफारिस समिति गठन

प्राधिकरण अध्यक्षमा नियुक्त हुँदा शरद ओझाले पेस गरेका कागजात छानबिन समितिले शंकास्पद रहेको भन्दै यही भदौ २ मा सरकारले उनलाई बर्खास्त गरेको थियो ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

The government has started the process of appointing the Chairman of the Insurance Authority, forming a recommendation committee

काठमाडौँ — सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया थालेको छ । यसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन् ।

प्राधिकरण अध्यक्षमा नियुक्त हुँदा शरद ओझाले पेस गरेका कागजात छानबिन समितिले शंकास्पद रहेको भन्दै यही भदौ २ मा सरकारले उनलाई बर्खास्त गरेको थियो । यसरी खालि रहेको पदमा अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया थालेको हो । ओझालाई बर्खास्त गरेसँगै बिमा ऐनको व्यवस्थाअनुसार प्राधिकरणको अध्यक्षको जिम्मेवारी सेवन्तक पोखरेललाई दिइएको छ । 

कान्तिपुर

Link copied successfully