उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन् : उपेन्द्र यादव

उखु किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Sugarcane farmers have been neglected the most: Upendra Yadav

काठमाडौँ — जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् । बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डल पुगेका अध्यक्ष यादवले  सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए ।

अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको यादवको आरोप छ । किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उनको भनाइ छ । किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको उनले बताए । 

Sugarcane farmers have been neglected the most: Upendra Yadavआवश्यक ऐन कानुन बनाएर भए पनि किसानको माग पूरा गर्नुपर्नेमा उनको जोड थियो । वर्तमान नीतिले किसान समस्यामा परेको, गरिबी, बेरोजगार बढेको उनको भनाइ छ ।

Sugarcane farmers have been neglected the most: Upendra Yadav

उखु किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ । 

कान्तिपुर

Link copied successfully