मूल्यवृद्धिका हिसाबले सहर सस्तो, गाउँ महँगो

उपभोक्ताले बजारमा वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्नुपर्ने मूल्यवृद्धि शहरमा कम र ग्रामिण क्षेत्र (गाउँ)मा धेरै रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

In terms of price increase, cities are cheaper, villages are more expensive

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ३.७७ प्रतिशत छ । जबकी सोही अवधिमा तराईको मूल्यवृद्धिदर ४.१४, पहाडको ३.८६ र हिमालको ४.८९ प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२ मा ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क ४.४० प्रतिशत र सहरी क्षेत्रको ३.९४ प्रतिशतले बढेको छ । ‘२०८२ असार महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.४० प्रतिशतले र सहरी क्षेत्रको २.१४ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, २०८२ असार महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर २.३२ प्रतिशत छ । जबकि सोही अवधिमा तराईको मूल्य वृद्धिदर १.८५, पहाडको २.१९  र हिमालको ३.७५ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको छ ।

प्रादेशिक रूपमा हेर्दा आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशको वार्षिक औसत उपभोक्ता मूल्य वृद्धिदर ५.४६ प्रतिशत छ । सोही अवधिमा मधेशको मूल्य वृद्धिदर  ४.१४, बागमतीको ३.५७, गण्डकीको ३.३२, लुम्बिनीको ३.७०, कर्णालीको ३.३१  र सुदूरपश्चिम प्रदेशको ५.०२ प्रतिशत छ ।

 प्रतिवेदनकाअनुसार २०८२ असार महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.६७ प्रतिशत छ । सोही अवधिमा मधेश प्रदेशको मूल्य वृद्धिदर १.९९, बागमतीको १.८१, गण्डकीको १.७१, लुम्बिनीको १.७८, कर्णालीको १.८६ र सुदूरपश्चिम प्रदेशको २.७४ प्रतिशत छ ।

कान्तिपुर संवाददाता

Link copied successfully